काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालक पदमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समिति बैठकमा घिमिरेलाई नियुक्त गरेको हो । उनलाई कात्तिक २१ गतेदेखिनै लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त

