काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय भएको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १५ रुपैयाँ रहेको चाँदी यसदिन ३ हजार ६५ रुपैयाँ पुगेको छ ।
सोमबार सुनको मूल्य २९ सयले बढ्यो, कति पुग्यो भाउ ?

