काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।
जसअनुसार २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ५५ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र १८ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २६ गते (बुधबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।

