जेन–जी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब बीमा दाबी, ३ अर्ब माथि भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्  ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ४ करोड ९ लाखमध्ये करिव २ अर्ब ९२ करोड ८६ लाख र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोड ७ लाखमध्ये करिव. ६८ करोड ६१ लाख भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ  ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५४ करोड ७५ लाख दाबी रकममध्ये करिव ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६८ लाख दाबी रकममध्ये करिव ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिव ३९ करोड ३० लाख दाबी रकममध्ये करिव २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीले  बीमकहरूलाई करिव २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी दिएका छन् । भने    जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको  नेपाल बीमा प्राधिकरणले उल्लेख गरेको छ  ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार