CLI

हिमालयन डिष्टिलरीको खुद नाफा ५४.६१ प्रतिशतले घट्यो, बिक्री आम्दानीमा पनि गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा उल्लेखनीय गिरावट आएको छ। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधिमा नाफा घटाउँदै ९ करोड २ लाख रुपैयाँ मात्र कमाएको छ। बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफामा पनि सीधा असर परेको देखिन्छ।

असोज मसान्तसम्ममा कम्पनीको कुल बिक्री आम्दानी १ अर्ब ७ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ थियो। यसरी बिक्री आम्दानी २७.६४ प्रतिशतले घट्दा कम्पनीको लाभांश क्षमता कमजोर बनेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा EPS १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ पैसामा पुगेको छ। त्यस्तै, असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) १११.५२ गुणा पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।

Leave Your Comment

Related News