RE
Global College

नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त माग

काठमाडौं । नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।  महाप्रबन्धक छनौट समितिले जारी गरेको सुचना अनुसार नेपाल वायु सेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्न लागेको हो  ।

महाप्रबन्धक नियुक्त हुनको लागि  इच्छुक तथा योग्य नेपाली नागरिकले  आजको मितिले  १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिनु पर्नेछ ।  महाप्रबनधक नियुक्ति छनौट समितिले जारी गरेको सूचनामा भनिएको छ, आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पे; गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छनोट समितिको बैठक ११ दिनसम्म नराखेपछि पर्यटन सचिव हरिप्रसाद मैनालीलाई  प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण लिएकी थिइन्।

NECO

Leave Your Comment

Related News