RE
Global College

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठतम एआईजी कार्कीलाई महानिरीक्षकमा बढुवा गरेको हो। ३० वर्षे सेवाअवधिका कारण महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा जाने भएपछि २७ कात्तिक (आज) बाट लागू हुने गरी कार्कीलाई बढुवा गरिएको थियो।

प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गएका छन् ।

 

NECO

Leave Your Comment

Related News