१ अंकले नेप्से बढ्दा घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक  १.१३ अकंले बढेको छ । बजार २५४५.७३ मा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ५० हजार ६२१ पटकको कारोबार हुँदा ७६ लाख ५ हजार  कित्ता  सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ४९ करोड ९८ लाख रहेको थियो ।

बुधबारको तुलनमा ३४ करोड ८७ लाख कम हो । बुधबार कारोबार रकम ३ अर्ब ८४ करोड ८५ लाख  रहेको थियो ।

त्यसैगरी, ७ वटा उपसमूह बढेको छन् भने ६ वटा उपसमूह घटेको छ । बैंकिङ ०.१२, वित्त ०.०९, होटल्स तथा पर्यटन समूह ०.७२ , जलविद्युत  जलविद्युत ०.२३, म्युअुचल फण्ड ०.२०, र व्यापार ०.७९ प्रतिशतले बढेको छ ।

बिहीबार सर्वाधिक करोबार हुने कम्पनीहरुमा हिमालयन पावर पार्टनर रहेको छ ।हिमालय पावरको १६ करोड ८० लाख, हिमालयन डिष्ट्रीलरीको १३ करोड ९१ लाख, युनियन हाइड्रोपावरको १३ करोड ५ लाख र साहास उर्जाको १२ करोड २३ लाख बराबर कारोबार भएको छ ।

बिहीबार  सर्वाधिक कमाउनेमा माबुलिङ इनर्जी लिमिटेड, र स्वेत गंगा हाइड्रोपवार हुँदा सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार