नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

काठमाडौं । नेपाल च्याम्बार अफ टयाक्स  कन्सल्टेन्ट्सले आगामी मङ्सिर २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना गर्ने भएको छ ।  सो सम्मेलन सोल्टी होटेल काठमाडौंमा हुनेछ ।कार्यक्रम नसीटीसीको आयोजना र एशियन–ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा आयोजना हुन लागेको कार्यक्रममा एसिया र ओसिनिया क्षेत्रका २० भन्दा बढी देशका कर विज्ञ, नीति निर्माता, र व्यवसायिक प्रतिनिधि सहभागी हुने बताइएको छ ।

“सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरुलाई अन्तरराष्ट्रियस्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ”, उनले भने  । उनका अनुसार जेन जी अनदोलान अघि  १ हजारदेखि १५ सय जना आउने अनुमान थियो तर अहिले सम्मेलनमा ३५० जना अन्तरराष्ट्रिय प्रतिनिधि आउनेछन् ।  २०० भन्दाबढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरुको सहभागिता रहनेछ ।

सम्मेलनको मुख्य उद्देश्य कर शिक्षा, क्षमता विकास तथा नीतिगत संवादलाई मजबुत बनाउने ,कर क्षेत्रमा ईमानदारी, अनुसन्धान र सुधार प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजनामा जुटेको NCTC ले सम्मेलनमार्फत नेपालका कर व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग जोड्ने अवसर प्रदान गर्ने जनाइएको छ।

आन्तरिक राजस्व विभाग (IRD) र राष्ट्रिय कर प्रशिक्षण केन्द्र (NCTC) ले संयुक्त रूपमा “Practical Aspects of Transfer Pricing” विषयमा विशेष सेमिनार आयोजना गर्ने भएका छन्। यो सेमिनार २०२५ नोभेम्बर २१ गते लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा हुनेछ र ४ घण्टा सञ्चालन हुनेछ।

सेमिनारको सञ्चालन Global Tax Advisers Platform (GTAP) तथा CFE Tax Advisers Europe का अध्यक्ष प्रो. पियरजियोर्जियो भालेन्टेले गर्नेछन्। साथै, कर क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका चार्टर्ड एकाउन्टेन्ट तथा “Taxation Nepal” पुस्तकका लेखक सीए. प्रविन राज काफ्लेले नेपालमा ट्रान्सफर प्राइसिङको वर्तमान अवस्थाबारे आफ्नो प्रस्तुति दिने छन्।

यो सेमिनार निःशुल्क भए पनि केवल दर्ता भएका सहभागीहरूका लागि मात्र खुला रहनेछ र सिट सीमित हुने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार