काठमाडौं । जस्मिन पेन्ट्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

