काठमाडौं । सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ८ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २ जनाको भने सम्पति विवरण आउन बाँकी छ ।
जसमध्ये प्रधानमन्त्री सुशीला कार्की, अर्थ मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण बुझाएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतम र भने आफ्नो सम्पति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


