काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज आलु, गाँजरसहितका तरकारीको मूल्य घटेको छ। तर, लौका, परबल, फर्सीसहितका तरकारीको भाउ भने बढेको छ।
कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ४०, टनेलको सानो गोलभेँडा ७१, रातो आलु ६०, सुकेको भारतीय प्याज ३५, लोकल गाँजर ११५, लोकल बन्दा ५५, स्थानीय काउली ११२, लाम्चो भन्टा ७०, डल्ले भन्टा ७५, तने बोडी १७० रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १४०, लौका १००, लोकल परबल ९०, डल्ले फर्सी ८५, पाकेको फर्सी ४०, कन्य च्याउ २३०, डल्ले च्याउ ३७५, कुरिलो ९२५ र ब्रोकाउली १५२ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ३७, टनेलको सानो गोलभेँडा ७५, रातो आलु ६२, सुकेको भारतीय प्याज ३५, लोकल गाँजर १२५, लोकल बन्दा ५७, स्थानीय काउली १११, लाम्चो भन्टा ७०, डल्ले भन्टा ७५, तने बोडी १९० रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १३२, लौका ९५, लोकल परबल ७५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४०, कन्य च्याउ २१६, डल्ले च्याउ ३७०, कुरिलो ९०० र ब्रोकाउली १४३ रुपैयाँ प्रतिकिलो थियो।

