काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बाटो देखाउनुपर्ने बताएका छन् । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्दै अब विगतमा जस्तो सरकारले दोहोर्याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गरे । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरू हुने गरेको उनले उल्लेख गरे ।
अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताए । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको उनको भनाइ छ ।

