ङादी ग्रुप पावरले बोलायो साधारणसभा, ५ प्रतिशत लाभांश पारित गर्ने 

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित १२ औँ वार्षिक साधारणसभा मंसिर २५ गतेका लागि बोलाउने निर्णय गरेको हो ।

साधारणसभा यही मंसिर २५ गते काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यसका साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालकको भत्ता, सेवा र सुविधा, सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाही अनुमोदन, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संधोन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार