काठमाडौं । बुधबार नेप्से परिसूचक ४.९८ अकंले घटेको छ । बजार २५६१.०८ मा पुगेर बन्द भएको छ । यस दिन ३३८ वटा कम्पनी ५० हजार ६२६ पटकको कारोबार हुँदा ८३ लाख ८८ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा आज ३२ करोड ६८ लाख रुपैयाँ घटेको छ । मंगलबार कारोबार रकम ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ थियो ।
आज बुधबार सेन्सेटिभ इण्डेक्स ०.२८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० प्रतिशतले घटोको छ।
यसदिन ९ वटा उपसमूह घटेका छन् र ४ वटा बढेका छन् । बैंकिङ ०.१६ प्रतिशत, विकास बैंक १.०९, वित्त ०.६८, जलविद्युत ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, लघुवित्त ०.०८, निर्जीवन बीमा ०.५७ र अन्य समूह ०.४७ प्रतिशतले घटेका छन् । होटल्स तथा पर्यटन समूह १.१६, उत्पादन र प्रशोधन ०.४२, म्युअुचल फण्ड ०.३५ र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन् ।
त्यसैगरी, यसदिन माबिलुङ्ग इनर्जी , दरमखोला हाइड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाइड्रो १० प्रतिशतले बढोको छ । कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ४० लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

