सिमरामा फेरि कर्फ्यु

फाइल तस्बिर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो ।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यू लगाएकाे हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार