काठमाडौं । सश्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को साधारण शेयर सूचीकरण गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।- कायम भएको १,६३,१२,५०० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष नबिल इनभेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ३२,६२,५०० कित्ता (२०%)र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १,३०,५०,००० कित्ता (८०%) शेयर समेत गरी जम्मा १,६३,१२,५०० कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकण गरिएको हो ।
कम्पनीको कारोबार आइतबारबाट सुरु हुनेछ । नेप्सेले यस कम्पनीको ओपनिङ रेन्ज १००.५९ देखि ३०१.७७ रुपैयाँ तोकेको छ ।

