काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३९.९२ अंकले बढेको छ । बजार २६००.२२ मा पुगेर बन्द भएको छ ।यस दिन ३३४ वटा कम्पनी ७६ हजार २८ पटकको कारोबार हुँदा १ करोड ३३ लाख ८१ हाजर कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा १ अर्ब ५९ करोड ४९ लाख रुपैयाँले बढी हो । बहीबार कारोबार रकम ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ थियो ।
यस दिन १२ वटा उपसमूह बढेका छन् र १ वटा घटेको छ । बैंकिङ १.३६ प्रतिशत, विकास बैंक १.८४, वित्त १.६१, होटल्स तथा पर्यटन समूह १.५७, जलविद्युत १.३३, लगानी २.०३ जीवन बीमा २.५५, उत्पादन र प्रशोधन १.५६ , लघुवित्त १.८३ ,निर्जीवन बीमा १.९९ र अन्य समूह १.१८ प्रतिशतले बढेका छन् । म्युअुचल फण्ड ०.२७ प्रतिशतले घटेको छ ।
त्यसै गरी सागर डिस्टिलरी, बन्दिपुर केबलकार र झापा इनर्जी १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त ८.१९ प्रतिशत र छ्याङ्दी हाइड्रोपावर ६.२९ प्रतिशतले बढेको छ ।
यस दिन कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहेलो स्थानमा रहेको छ। यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

