CLI

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख संकलन

काठमाडौं। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबारसम्म उक्त कोषमा आइतबारसम्म ९ करोड ३० लाख जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को तर्फबाट १ करोड एक लाख जम्मा भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एकलाख बराबरको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका थिए।

त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आबद्ध एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो।

मंसिर ३ गते अर्थमन्त्री खनाललाई उक्त ग्रुपको तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका थिए।

सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरेका थिए।

Leave Your Comment

Related News