CLI

प्रभु बैँकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्  । बैङक र रिसोर्टका बीचमा छुट दिने सम्झौता  भएको हो ।

सम्झैता पत्रमा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (Front Office) सुवास कार्की ले  हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथानचोक नारायण,गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य बिभिन्न हिम˘श्रृखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । काठमाण्डौको कोलाहल बाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो ।

आन्तरिक एवंम बाह्रय पर्यटकका लागी काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदय देखी साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ ।

प्रभु बैंकले हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित हुनुका साथै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

बैंकले  नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

 

Leave Your Comment

Related News