काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का सरकारले तोडेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो ।
४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो । तर काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ ।


