CLI

हप्ता दिनमा साढे ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कतिले बढ्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको छ । साताका सबै कारोबार दिन बढेको नेप्से परिसूचक ४.५२ प्रतिशतले बढेको हो ।

गत साता २५६०.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ११५.७४ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको छ । दुई कारोबार दिन उच्च अंकले बढेको बजार त्यस पछिका तीन दिन भने सामान्य अंकले बढेर कारोबार भएको थियो । त्यस्तै यो साता फ्लोट इण्डेक्स २१.०१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ८.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.६९ अंक बढेको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५९.२२ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५१.०३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ५५.३७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ९४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७.२४ प्रतिशत बढेको छ । गत साता ७३७७.८६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५३४.३३ अंक बढेर ७९१२.१९ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता १२ हजार ७२९.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९०४.०३ अंक बढेर १३ हजार ६३३.४१ विन्दुमा पुगेको छ ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सबैभन्दा कम बढेको छ। गत साता ३८२१.१० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.२० प्रतिशत बढेर ३८२८.८१ विन्दुमा पुगेको छ।

Leave Your Comment

Related News