तोलामा १ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५२ हाजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ थियो ।

यसदिन चाँदीको मूल्य १ सय ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ३ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार