साताको पहिलो दिनमै २६.५१ अंकले घट्यो बजार, कारोबार रकम कति ?

काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको छ । बजार २६४९.५२ अंकमा झरेर बन्द भएको छ । यसदिन ३४२ वटा कम्पनीको ८४ हजार १ सय ५६ पटक कारोबार हुँदा १ करोड ५७ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ। यो रकम गत बिहीबारको तुलनामा ४२ कारोड ३१ लाख रुपैयाँले बढी हो । बिहीबार कारोबार रकम ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ थियो ।

यसदिन ११ वटा उपसमूह घटेका छन् भने २ वटा बढेका छन् ।बैंकिङ १.०८ प्रतिशत, विकास बैंक १.०९, वित्त ०.८३, होटल्स तथा पर्यटन समूह ०.२९, जलविद्युत १.३१, लगानी १.४८, जीवन बीमा १.२०, लघुवित्त १.३०,निर्जीवन बीमा ०.६९, अन्य समूह १.०४ र व्यापार समूह ०.५१ प्रतिशतले घटेका छन् । उत्पादन र प्रशोधन ०.७३ र म्युअुचल फण्ड ०.०४ प्रतिशतले बढेका छन्।

सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक  र निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको भाउ  १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । यो कम्पनीको यस दिन २३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार