नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१÷०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम गरेको हो ।

कम्पनीबाट मुनाफामा सरिक हुने अर्थात् बोनस आर्जन गर्ने गरी जारी गरिएका सबै बीमालेखहरूमा गत आवको लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ । बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्ता मूल्य दाबी र चालू बीमालेखहरूमा लागू हुने र अर्काे बीमांकीय मूल्यांकन प्रतिवेदन बमोजिम प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृत नभएसम्म यही बोनसदर कायम रहनेछ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिजन शुभारम्भ योजना (सावधिक बीमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख), सिटिजन बालप भविष्य योजना प्लस (सावधिक बीमलेख) मा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म र सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीव्न बीमालेख) मा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार