लघुवित्तबाट प्रवाह हुने कर्जाको अधिकतम सीमा बढ्यो, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिको भन्दा १ प्रतिशत विन्दुले कम गर्नु पर्ने व्यवस्था हट्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको अघिकतम सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरेको छ ।

साथै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

यता, बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था पनि खारेज गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार