सौराहाको होटेल पार्क ल्याण्डले आईपीओ निष्काशन गर्ने

काठमाडौं । होटेल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ६ गते बोलाएको साधारणसभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने भएको हो।

कम्पनीको सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, र कम्पनीको शेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुन लागेको हो ।

यस कम्पनीले चितवनको सौराहामा होटेल पार्कल्याण्ड होटेल संचालन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष अन्जन पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार