CLI

सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा  सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६०० रहेको थियो । यता, चाँदीको भाउ भने बढेर तोलामा ३ हजार ५४५ निर्धारण भएको छ । सोमबार भने एक तोला चाँदी  ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News