कुलमान घिसिङद्वारा निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको अस्पतालमा चालू आर्थिक वर्षमा संघीय सरकारले ८ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान विनियोजन गरेका छन् ।

यसमध्ये संघीय सरकारको तीन करोड र प्रदेश सरकारको एक करोड बूढानीलकण्ठ नगरपालिकामार्फत अस्पतालको भवन निर्माणमा खर्च हुनेछ । बाँकी ५ करोड रुपैयाँ उपकरण खरिदमा खर्च हुनेछ । विभिन्न आर्थिक वर्षमा भवन निर्माणमा सरकारले विनियोजन गरेको ७ करोड २९ लाख रुपैयाँ खर्च भई त्यसको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार