CLI

युरोपमा व्यक्ति र कन्सल्टेसीले व्यक्तिगत भिसामा कामदार पठाएर ठगी गरे

काठमाडौं । श्रम सम्झौता नभएका युरोपियन देशमा वैकल्पिक बाटो हुँदै नेपाली रोजगारीका लागि जाने क्रम पनि बढ्दै गएको सरकारी तथ्यांकमा उल्लेख छ । युरोपका देशमा मागपत्र प्रमाणीकरणलाई सहज बनाउँदा वार्षिक एक लाख कामदार म्यानपावरमार्फत रोजगारीमा पठाउन सकिने बताउँदै आएका छन् ।

तर युरोपका धेरै श्रम गन्तव्य देशमा नेपाली दूतावास वा कूटनीतिक नियोग नहुँदा कामदारको माग प्रमाणीकरण गर्ने समस्या भइरहेको उनीहरुको गुनासो छ ।

हाल नेपाली नियोग नभएका युरोपका देश म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउँदै आएका छन् । जसका कारण व्यक्ति र कन्सल्टेसीले व्यक्तिगत भिसामा कामदार पठाएर ठगि समेत गरिरहेको म्यानपावर व्यवसायीको आरोप छ ।
तर त्यसको दोष भने म्यानपावर अथवा उनीहरुको संस्थामाथि आउने गरेको उनीहरुकै गुनासो छ । कन्सल्टेन्सी र व्यक्तिले व्यक्तिगत भिसामा ७ देखि १५ लाखसम्म लागत खर्च लिएर कामदार पठाउने र ठगि गर्दै आएका छन् । यसको दोष जति म्यानपावरमाथि लाग्ने गरेको स्यंम व्यवसायीकै गुनासो छ ।

युरोपमा म्यानपावर व्यवसायीहरूका मागपत्र प्रमाणीकरण नहुँदा नेपाली श्रमिकहरू युरोप जानबाट वञ्चित हुँदै आएका छन् । संस्थागत रूपमा जान नपाउँदा कामदारहरु दलाललाई १० औँ लाख रुपैयाँ तिरेर युरोपका विभिन्न देशमा जान बाध्य भइरहेका छन् । यस विषयमा सरकार र व्यवसायी दुवै जानकार छन् । तर यो समस्या समाधान गर्न म्यानपावर व्यवसायीले पटक–पटक माग गर्दा पनि सरकारले वास्ता गरेन ।

वैदेशिक रोजगार विभागले विश्वका १०८ देश संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ । संस्थागत र व्यक्तिगत गरी विश्वका १८६ देशमा काम गर्न नेपाली पुगेका छन् ।

जसमा युरोपका दर्जनभन्दा बढी देशमा नेपाली कामदार म्यानपावर र कन्सल्टेन्सीमार्फत कामदार गइरहेका छन् । उनीहरुलाई संस्थागत कसरी पठाउने भनेर सरकारले अहिलेसम्म योजना र श्रम सम्झौता गरेकै देश पनि कामदार पठाउने वातावरण नबनाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अध्यक्ष जनक रावल आज गरिएको पत्रकार सम्मेलनमा आरोप लगाए ।

व्यक्तिगत र केही एजेण्टले कामदार पठाउँदा तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने, समयमा सेवा सुविधा नपाउने, तोकेको तलब नपाउने, बीमा रकम नपाउने, स्वास्थ्य सेवाबाट बञ्चित हुनेलगायत समस्याका सूची निकै लामो भएको उनले बताए । युरोपमा श्रममैत्री कानुन भएकाले पनि श्रमिकहरू श्रम शोषणमा पर्ने र कठिनपूर्ण श्रम गर्नुपर्ने अवस्था निकै कम हुन्छ । खाडी राष्ट्रहरूको तुलनामा युरोपेली मुलुकहरूमा श्रमको प्रकृति पनि सहज र कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन्छ ,’ उनले भने ।
श्रम सम्झौता नगरी र व्यक्तिगत भिसामा कामदार युरोपका देश जाँदा नेपालीले विभिन्न समस्याको सामना गर्नुपरेको छ ।

Leave Your Comment

Related News