नेपाल फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?  

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थाप सेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो ।

विद्यमान सेयरधनीहरुलाई प्राथकिकता दिएर ३५ दिनको सूचना जारी गर्दा पनि संस्थापक सेयरधनीबाट आवेदन नआएपछि आम रुपमा सबैले आवेदन दिन पाउने गरि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न चाहाने सेयरधनीहरुले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आइपुग्ने गरि आवेदन दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार