काठमाडौँ । पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई पुरस्कृत गर्ने भएको छ ।
यसैगरी, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ । नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ । पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ ।

