RE
Global College

३.०२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेको छ । बजार २६०६.६७ अंकमा पुगेर बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.५०, अंकले, फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स  ०.३४ अंकले  घटेको छ। ३३१ वटा कम्पनी ८३ हजार २७३ पटक कारोबार हुँदा १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा ६६ करोड ९० लाख  रुपैयाँले कम हो ।  आइतबार कारोबार रकम ५ अर्ब ३३ करोड ४४ लाख थियो ।

यस दिन ८ वटा उपसमूह घटेका छन् र ५ वटा बढेका छन्।बैंकिङ ०.६७ प्रतिशत, विकास बैंक ०.११, वित्त ०.५७, होटल्स तथा पर्यटन समूह ०.२३, लगानी ०.१६, लघुवित्त ०.२९, म्युअुचल फण्ड ०.०१ र  अन्य समूह ०.२१ प्रतिशतले घटेका छन्। जीवन बीमा ०.५० ,जलबद्युत ०.१२,  उत्पादन र प्रशोधन ०.६१ र निर्जीवन बीमा ०.०५  र व्यापार समूह ०.४१ प्रतिशतले बढेका छन्।

अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय , झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको १० प्रतिशतले बढेको छ ।कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

NECO

Leave Your Comment

Related News