आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्वर १० अर्थात विश्व मानव अधिकार दिवस । सन् १९४८ मा आजैका संयुक्त राष्ट्र संघको महासभाबाट मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी भएको दिन हो ।

त्यसयता, डिसेम्वर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाइदै आएको छ । आज नेपाल सहित विश्वभर मानव अधिकार दिवस मनाइदैछ । यस वर्ष संयुक्त विश्वभरि नै ‘मानव अधिकारः हाम्रो दैनिक आवश्यकता’ भन्ने मूल नाराका साथ मनाइदै छ । विश्व मानव अधिकार दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश दिएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले १९४८ मा पारित गरेको विश्वव्यापी घोषणा पत्रमा जाति, लिंग, धर्म, भाषा, रंग, विचार, सामाजिक मूल, जन्म वा अन्य कुनै पनि आधारमा कसैलाई भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। नेपालमा मानव अधिकार दिवसको समयमा हरेक वर्षजसो मानब बेचबिखन, लैंगिक विभेद, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, अल्पसंख्यकका अधिकार र द्वन्द्वपीडितका मुद्दा जस्ता विषयलाई प्राथमिकताका साथ उठाइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार