RE
Global College

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापाको भद्रपुर नगरपालिका ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको थियो।

उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिसियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए। उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रुपमा उपस्थित थिए।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेले यस्ता निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउने लक्ष्य लिइएको बताएका छन् भने सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध रहेको जनाएका छन्।

NECO

Leave Your Comment

Related News