RE
Global College

५.०३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि सामान्य घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक ५.०३ अंकले घटेको छ । बजार २६०९.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ९१ हजार ३९४ पटक कारोबार हुँदा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार रकम भने ३ अर्ब ७३ कारोड ८७ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा  १६ करोड ३ लाखले घटेको छ । मंगलबार कारोबार रकम ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ थियो।

११ वटा उप समुह घटेका छन भने २ वटा बढेको छ । ।बैंकिङ ०.०५ प्रतिशत, विकास बैंक ०.२९,वित्त ०.५७, होटल्स तथा पर्यटन समूह ०१३, जलविद्युत ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, , लघुवित्त ०.२९, निर्जीवन बीमा ०.३५, व्यापार समूह ०.०२ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन् । उत्पादन र प्रशोधन १.२२ र म्युअुचल फण्ड ०.३९ प्रतिशतले बढेका छन् ।

त्यसैगरी यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको सेयर १० प्रतिशत बढेको हो। लक्ष्मी लघुवित्त  ८.७६ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीज पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

NECO

Leave Your Comment

Related News