काठमाडौं । संयुक्त अरब इमिरेट्सको एभिएसन माटेरियल कम्पनी AeroConnections ले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान -IOE_, पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट अभिमुखी कार्यक्रम गरेको छ । कार्यक्रममा पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरू विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान र विश्वव्यापी अवसरहरूबारे बुझाइएको आयोजक संस्थाले बताएको छ ।
उक्त कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागि थिए।अभिमुखीकरण सत्रमाAeroConnections का टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह तथा बिजनेस म्यानेजर मेरिन पॉल द्वारा सञ्चालन गरिएको थिए। प्रस्तुतिहरूमा उद्योगको सञ्चालन विधि, बजार प्रवृत्ति तथा करियरका सम्भावनाहरूका बारेमा जानकारी दिएको थियो ।
AeroConnections का संस्थापक तथा CEO मनोज जोन ले विश्वविद्यालय व्यवस्थापन तथा विद्यार्थीहरूको सहभागिताको प्रशंसा गरेका थिए । “एक अफ्टरमार्केट समाधान प्रदायकका रूपमा, यस्ता कार्यक्रमहरूले एभिएसन र एरोस्पेस उद्योगभित्र लुकेका अवसरहरूबारे नयाँ पुस्तालाई जानकार बनाउन मद्दत गर्छन्।” उनले AeroConnections टिमलाई व्यापक र प्रभावकारी सत्र सञ्चालन गरेकोमा बधाई दिएका थिए ।ब कार्यक्रमको समन्वय AeroConnections का टोली सदस्य आदिति खनाल र बिक्की दुवाल द्वारा गरिएको थियो ।



