काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले संस्थाप सेयर बिक्रीमा राखेको छ । यस अघि हाल कायम संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि आम सर्वसाधारणका लागि उक्त सेयर लिलाम बिक्री मार्फत बिक्रीमा राखिएको हो ।
यस अघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेको कम्पनीले अहिले आम सर्वसाधारणका लागि १५ दिनको सूचना जारी गरेको हो । सेयर खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले कम्पनीको केन्द्रीय कार्यालय हरिहर भवन पुल्चोक ललितपुरमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई निवेदन दिनु पर्ने छ ।

