काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भई व्यतित भएका बीमालेखहरू आज पुस १ गतेदेखि माघ १५ गतेसम्म नवीकरण गरेका छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरू पुस १ देखि माघ १५ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा छुट दिने जनाएको हो।
कम्पनीका अनुसार ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा २५ प्रतिशत र ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिइनेछ ।
साथै यो छुट सुविधा पाउनका लागि बीमालेख १८० दिनभन्दा बढी समय व्यतित भएको हुनु पर्ने, बीमा अवधिभर एकपटक मात्रै यो सुविधा पाइने र यो सुविधा प्रयोग गरी नवीकरण गरिएका बीमालेख १ वर्षभित्र सरेण्डर भएमा विलम्ब शुल्क काटिने शर्त पनि रहेका छन्।

