१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकम भने ५२ करोड ४१ लाख बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेको छ । सोसँगै  बजार २६१५.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ६४ हजार पटक कारोबार हुँदा १ करोड १२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै,कारोबार रकम भने ४ अर्ब ५७ करोड ७८ लाख पुगेको छ । बुधबारको तुलनामा यो रकम ५२ करोड ४१ लाख रुपैयाँले बढेको छ । बुधबार कारोबार रकम ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ थियो ।

यस दिन १० वटा उप समूह घटेका छन् भने २ वटा कम्पनी बढेका छन् र होटल्स तथा पर्यटन समूह   स्थिर रहे । बैंकिङ ०.२२ प्रतिशत विकास बैंक ०.१२, वित्त१.५५,  जलविद्युत ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन र प्रशोधन ०.१७, लघुवित्त ०.४९,  म्युअुचल फण्ड ०.३२, र अन्य समूह १.१९ प्रतिशतले घटेको छ ।निर्जीवन बीमा ०.२२ र व्यापार समूह ०.४८ प्रतिशतले बढेका छन् ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको सेयर १० प्रतिशतले बढेका छन् । सिन्धु विकास बैंक ९.५६ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन बाराही हाइड्रोपावर पहिलो  स्थानमा रहेको छ।  यस कम्पनीको  २४ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै,  राधी बिद्युतको कारोबार रकम १८ करोड ३५ लाख रुपैयाँ नाघेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार