अपि पावरको साधारणसभा आह्वान

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आगामी पुस २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।

सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने र बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा १ बराबर ०.३० को aअनुपातमा १ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको सम्पत्ति बिक्री गर्न र लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार