काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले बढेर हाल सम्मको उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँले पुगेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
यस दिन चाँदी १६५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा खरिद बीक्रि भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँ थियो

