काठमाडौं । बिगतमा करसेवा कार्यलयबाट हुने व्यवसायिक स्थायी लेखा नं. दि इस क्याफे एण्ड रेट्रो र व्यक्तिगत स्थायी लेखा नं. चित्रकुमार तमाङ्गलाई केरावारी गाउँपालिका, मोरङबाट प्रदान गरी करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण सुरु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रामेश्वरप्रसाद खनालले आजको दिन प्रशासनिक संघीयतामा ऐतिहासिक दिन रहेको उल्लेख गर्दै वित्तीय संघीयतालाई अघि बढाएपनि प्रशासनिक संघीयता कमजोर रहेको अवस्थामा यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै प्रशासनिक संघीयतालाई या मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले करदाताको समय र लागत बचत गर्नुका साथै सेवामुखी कर प्रशासन प्रवर्द्धनमा सहयोगपुग्ने बताए । उनले भने प्रशासनिक संघीयता कार्यान्वयन गर्ने दिशामा एक महत्वपूर्ण र ठोस कदम हो संधीय कर कानूनहरू बमोजिम करसम्बन्धी सेवा तथा संकलन प्रक्रियामा स्थानीय तहको संलग्नताले सरकारको राजस्व आधार स्थानीय तह सम्म विस्तार गर्न सहयोग पुग्नेछ।
यो कार्यले नागरिकहरूले कर दायित्व निर्वाह गर्न विभिन्न कार्यलयहरू धाउनुपर्ने अवस्थाबाट मुक्ति पाउनेछन् र घरआँगनमा कर प्रशासनको सेवा लिन पाउनेछन् । नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०८२ कार्कोतिक १७ को निर्णयले करदाता सेवा कार्यालयहरु खारेज गरी उक्त कार्यालयहरुबाट प्रदान भई आएका सेवाहरु सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय तथा स्थानीय गाउँ/नगरपालिकाबाट प्रदान गर्ने कार्यको थालनी भएको हो । आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहहरुबाट कर सम्बन्धी सेवा प्रवाह कमशः विस्तार गर्दै जाने नीति यस विभागको रहेको जनाएको छ ।
कार्यक्रमम केरावारी गाउँपालिका र आ.रा.का. विराटनगरका समझदारी पत्र (MOU) भई सेवा कार्यालयको काम स्थानिय तहमा हस्तान्तनर भएकोमा राजस्व प्रणालीमा स्थानीय तहको भूमिका प्रभावकारी हुने केराबारी गाउँपालिकाका अध्यक्षले बताए ।
करदाता सेवा कार्यालयको काम स्थानिय तहमा हस्तान्तरणले नेपालको कर प्रशासन प्रणालीको सुदृढीकरण तथा सुधारको दृष्टिले एक ऐतिहासिक क्षणका रूपमा रहेको छ। सँगै उद्योगी व्यवसायी सम्मानित करदाता तथा अग्रीम आयकर कट्टी गरी दाखिला गर्ने निकायहरूले अव आफ्नै नजिकको गाउँ/नगरपालिकाका कार्यालयबाट करसम्बन्धी दर्ता तथा विवरण बुझाउन सक्ने व्यवस्था भएको छ।
विकेन्द्रीत तथा सेवामुखी कर प्रशासनको यो अभियानमा अग्रणी सहयात्रीको रूपमा सक्रिय भूमिका निर्वाह गरेकोमा केरावारी गाउँपालिकालाइ आन्तरिक राजस्व विभागले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
मोरङको केराबारी गाउँपालिका परिसरमा आयोजित करसेवा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, विशिष्ट अतिथि सचिव(राजस्व) भुपाल बराल, विशिष्ट अतिथि आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल अतिथि आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव उप्रेती, सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय उद्योगी व्यवसायीहरु, करदाता तथा पत्रकार सहभागि थिए ।


