काठमाडौं । सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेको छ । बजार २६२२.८८ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३७ वटा कम्पनी ६९ हजार ५४८ पटक कारोबार हुँदा १ करोड ३७ हजार कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा ७५ करोड ६६ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ थियो ।
यस दिन ११ वटा उप समूह घटेका छन् भने २ वटा बढेका छन् । बैंकिङ ०.३८ प्रतिशत, वित्त ०.०४, होटल्स तथा पर्यटन समूह ०.१२, जलविद्युत ०.७८, लगानी ०.२२, जीवन बीमा ०.८५, उत्पादन र प्रशोधन ०.०१, लघुवित्त ०.०८,निर्जीवन बीमा ०.२२, अन्य समूह ०.८२ र व्यापार समूह ०.६३ प्रतिशतले घटेका छन् । विकास बैंक ०.६७ र म्युअुचल फण्ड ०.२५ प्रतिशतले बढेका छन् ।
त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको सेयर १० प्रतिशत बढेको छ । ग्लोबल आइएमई समुन्नत योजना २ को ९.९४ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। कम्पनीको २३ करोड २ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

