काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले सेयर संख्या र मूल्य सार्वजनिक गरेको छैन । केही संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखिएकाले ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने छ । निर्धारीत समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा आम सर्वसाधारणका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

