पाँच महिनामा साढे ५ अर्बकाे पोलिसी सरेण्डर

काठमाडौं । चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा साढे ५ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम बीमा पोलिसी सरेण्डर गरेका छन् । गत बर्षको तुलनामा बीमा पोलिरी सरेण्डर १७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । गत बर्षको सोहि अवधिमा बीमितहरुले ४५ हजार ६० जना बीमा पोलिसी वापत ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए ।

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था रहेको छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । केही कारणवश बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु नै बीमा सरेण्डर हो । ‘सरेण्डर’ अङ्ग्रेजी शब्द हो भने नेपालीमा समर्पण भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार