काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन् । आज पुष २४ गते नेपाल राजपत्रमा सरकारी निर्णय प्रकाशित भएपश्चात नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद सीमासम्बन्धी बैङक तथा बित्तिय संस्थालाई निर्देशन दिएको हो।
नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्न पाउनेछन्। यस अघि १० लाख सम्म कारोबार अनलाईन मार्फत चेक बिनै गर्न पाउने ब्यबस्था गरेको थियो ।
नेपाल राष्ट्र बैङ्कले आज एक परिपत्र जारी गर्दै वित्तीय संस्था निक्षेप राख्न वा झिक्न अथवा अन्य वित्तीय कारोबार गर्नका लागि चेक अनिवार्य गरिएको हो ।
सो व्यवस्थालाई संशोधन गर्दै ५ लाखमा झारिएको छ। राष्ट्र बैंकको निर्देशनले निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीका लागि दिएको निवेदनको व्यहोरा खुलाएमा उक्त सीमाभन्दा बढी नगद भुक्तानी गर्न पाउने वैकल्पिक व्यवस्था पनि गरेको छ।


