नबिल र ग्लोबलद्धारा डिम्याट खाता नविकरणका गर्न आग्रह

काठमाडौं । चालू आर्थिक वर्ष सकिन लाग्दा धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नविकरण गर्न सेवाप्रदायक कम्पनीहरूले आग्रह गरिरहेका छन् ।

सोही क्रममा शुक्रवार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सूचना जारी गरेर डिम्याट नविकरणका लागि आग्रह गरेका हुन् ।

ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकमार्फत डिम्याट खाता खोलेका साथै नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबाट डिम्याट खाता खोलेका ग्राहकहरूलाई असार मसान्तभित्र वार्षिक नविकरण शुल्क बुझाउन सम्बन्धित कम्पनीहरूले भनेका छन् ।

यी कम्पनीहरूले आगामी असार मसान्तभित्र डिम्याट खाता सञ्चालन बापतको वार्षिक १०० रुपैयाँ सम्बन्धित कम्पनीहरूको खातामा जम्मा गर्न आग्रह गरेका हुन् । साथै मेरो शेयर खाता समेत नविकरणका लागि यी कम्पनीहरूले भनेका छन् ।

मेरो शेयर खाता सञ्चालनबापत ग्राहकहरूले वार्षिक ५० रुपैयाँ तिर्नुपर्ने जानकारी कम्पनीहरूले दिएका छन् । तोकिएको शुल्क बुझाएर असार मसान्तभित्र यी खाताहरू नविकरण नगरे स्वतः बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार