काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. 852 (जहाज 9N-AMD) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका (Emergency Door) खोलेका कारण उक्त उडान ढिलो हुन गएको बुद्ध एयरले जानकारी दएको छ ।
उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (Technical Team) भैरहवा प्रस्थान गरिसकेको छ।
पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ। नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो।


