CLI

राजावादी प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने सेढाईं पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकैचोटी ५० लाख मानिसलाई एसएमएस पठाउने निर्देश सेढाईँ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ ।

पक्राउ परेका सेढाईँले एकैपटक ५० लाखभन्दा बढी मान्छेलाई राजावादी आन्दोलनमा आउन र राजसंस्था पुनर्स्थापनामा आउन भन्दै म्यासेज गरेका थिए ।

उनले ‘भौगोलिक जटिलताबाट नेपाललाई बचाउँदै फेरि सांस्कृतिक सांस्कृतिक संवैधानिक अधिराज्यको लागि’ भन्दै पुस ३० गते बालुवाटार आउन आह्वान गरेका थिए ।

उनले नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा म्यासेज गरेका थिए । उनले करिब एक करोड खर्चेर म्यासेज पठाएको बताइएको छ । पेशाले उनी व्यापारी रहेको खुल्न आएको छ ।

Leave Your Comment

Related News